Tuesday, May 29, 2012

Did you understand?


Did you understand?[All of these titled cartoons had published in Nepal’s popular weekly paper ‘Kantipur Publication’s Saptahik’.]

Monday, May 28, 2012

कथा :


जागित्रले बोलाएपछि

- भक्त खपाङ्गी

“भारी पुग्यो बाजे ?”
मुठीको घाँस अघि काटेको थुप्रामा राखेर फेरि चियाको बुटामुनि घाँस काट्न घोप्टिएका रामप्रसाद बाजेका कानमा अनायास यो नारीस्वर गुन्जियो ।
काट्न समातिसकेको घाँस छाडेर झन्डैझन्डै छातीसम्म पुग्ने चियाका बोटभन्दा अग्लो भएर र दक्षिणतिर पहेंला-पहेला देखिने हरिया चियाका मुना डुब्न लागेका घामको टक परेर उज्याला देखिन्थे । झ्याम्म परेका अग्लाअग्ला सिरिसका रुखहरु लामालामा छायाँ तिनै मुनामाथि पारेर ठिङ्ग उभिइरहेका थिए । उत्तरतिर खोल्सो थियो । पारिपट्टि बाक्लो बाँसघारी स्तब्ध थियो बाँसघारी । पर्तिर पनि बगान निकै परसम्म फैलिएको कुरा बाजेलाई थाहा थियो ।
कतै केही चालचुल थिएन, मनमा चिसो पस्यो । आँट गरेर फेरि घाँस काट्ने विचारले चियाका बोटमुनि हात लम्काए । तर हात काम्न लागेझैं भयो । आङ ढक्क फुलेर आयो । मुटु ढुकढुक गर्न थाल्यो । ‘आइमेको सोर हो त्यो त’ भन्ने ठाने । नानाभाँतिका कुरा खेल्न थाले मनमा । फेरि उठेर चारैतिर हेरे । बगानका धुरा र वस्ती-गाउँ) कतैबाट पनि नजिक नपर्ने, बगानको सबैतिर डरलाग्दो ठाउँ ‘छतिउन गाछी’ । कतैबाट पनि नजिक नपर्ने, बगानको सबैभन्दा डरलाग्दो ठाउँ ‘छतिवन गाछी’मा आइपुगेको अवगत भएपछि भने बाजेका खुट्टा काम्न थाले । गाँठैैगाँठा भएको, झ्याम्म परेको डरलाग्दो कहानी बोकेको कुख्यात छतिवनको रुखनेर आफूलाई पाएपछि राम्रैसँग उनको हंसले ठाउँ छोड्डो । दुईवटा ज्यान लिइसकेको ‘जिउदो भूत’ त्यो रुखसँग अब साँच्चै डर लाग्न थाल्यो । पोहोर मात्र रहस्यमय ढङ्गले मरेकी साइँली तामाङ्नीको लास उनका आँखा अगाडि नाच्न थाल्यो । अघिको स्वर ठ्याक्कै उसैको हो भन्ने लाग्यो । सिकार भेटेको खुसीमा आकाशै ढाक्ने गरी आफ्नो आकार बढाउँदै अट्टहास गर्न थाल्यो रुख । सोच्ने, सम्भिmने कुरो केही रहेन त्यहाँ । मुठा पारिएका घाँसमात्र बोकेर बाजे घरतिर हानिए ।
“के भो ? त्यस्तो गर्मीमा सिरक पो ओढ्नु भएछ ।” भित्र गएर असामान्य स्थितिको बोध हुनेबित्तिकै बाजेको निधार छाम्दै बज्यै बोलिन्- “जरो पो आइराखेको छ त !”
“तेरा बूढाका दिन सकिए बूढी अब !” आँखा नउघारी शिथिल स्वरमा बाले बोले ।
“के भन्नुहुन्छ ? हन, के भो ?” बज्यै आत्तिइन् ।
“अब म बाँच्त्तिन, मानो पुगेछ । सारै कचकच गरिरहन्छौ भन्थिस् अब मन बुझा ।”
बाजेले कान्छालाई “आज क्याम्पस नजानू” भने । बज्यै शुश्रुषामा तैनाथ रहिन् ।
……

“शान्तिपुरेले केई लछारपाटो लाएन । इरुङ्टारेलाई बोलाएर ल्याइदेओ न ।” हिजो लगाएको धामीप्रति अविश्वास देखाउदै अर्को धामी ल्याउन आग्रह गरे बाजेले ।
बज्यैले उनको इच्छा पुर्‍याइदिने विचारले छोरा कान्छालाई धामी बोलाउन पठाउन चाहिन् ।
“इरुङ्टारेजस्तो गरुङ (गह्रै) मान्छे यस्ता केटाकेटीले बोलाउँदा आउँदैन । तँ आफैँ जा ।” उनले बज्यैलाई नै पठाए ।
कान्छालाई छेउमा बोलाएर अप्ठ्यारो मान्दै बाजेले भने- “कान्छा, अब म बाँच्तिनँ होला ।”
“कस्तो कुरा गर्नु हुन्छ बुवा ! हिम्मततिलो हुनुस्न । भूत प्रेत, जागित्र-सागित्र सब वाइयात हुन् । तपाईँलाई भ्रममात्रै भ’को हो । तपाईंलाई केई हुँदैन ।” बाबुलाई आँट दिने कोसिश गर्‍यो कान्छाले ।
“म मरे पनि बाँचे पनि यौटा कुरो बताइराख्नु पर्‍यो ।”
एकछिन अडिएको देखेपछि कान्छाले सोध्यो- “के कुरो ?”
“फेरि उई कुरो । के फरक पर्छ र ?” दिक्क मान्यो कान्छाले ।
“कान्छा, म तँलाई खास कुरो भन्छु । बाइर गएर हेर् त । कोई छ कि ?” उनले एकान्त चाहे ।
“कोई छैन, निष्पिmक्री भन्नुस् ।” कान्छाले ढुक्क पार्‍यो ।
“तिमेरु तेसरी मिलेर हिँडडुल गरेको देख्ता मलाई मनमा बढो चिसो पस्छ । म मरिगएँ भने अनर्थ होला कि भन्ने डर छ मलाई अस्तिदेखि नै भनुँला भन्दाभन्दै तेत्तिकै भो । मौकै परेन ।”
बाबुको कुरा बुझेजस्तै लाग्यो कान्छालाई । भन्यो,
“सावित्रा दमिनी हो भनेर त्यसो भन्नु भाको ?”
“कुरो जात अजातको मात्तै होइन, अर्कै छ ।” छोराको अनुहारमा पुलुक्क हेर्दै भने ।
“कस्तो अर्को कुरो ? कुतूहल देखायो कान्छाले ।
रहस्योद्घाटन गरेझैं छोराको अनुहारमा हेर्दै भने उनले, “त्यो तेरी बैनी हो !”
“बैनी ! कसरी ?” छक्क पर्‍यो कान्छो ।
अतीतका पाना पल्टाउँदै बोल्न थाले बा- “तँ बषर्ीको थिइस् । तेरी आमा सारै भई बिरामले । तेतिखेर तेरी मावलीकी हजुरआमा जिउँदै थिइन् । पित्र भइसकेकी । छोरी लगिन् उतै । तेरो ठूल्दाई छुट्टसिकेको थियो । माइलो पर्देस लागिरथ्यो । तँ मावलै थिइस् । तेरा दिदीहरु पनि आ-आफ्ना घर गइसकेका थिए । घरमा कोइ थिएन । तेतिखेर त्यो सावित्राकी आमा सारै दुःख पाएर हाम्रैमा घाँस काटन, भाँडासाँडा मल्न बसेकी थिई । अनि…..त्यस्तै भो । त्यो सावित्रा भर्गमा आइछ । अइलेको तेसको बाउ यौटा मिसिन लिएर भक्खरभक्खर यो बर्नेझोडामा आइरथ्यो । अनेक तालमेल खेलेर सारै होसियारी साथ त्यसलाई जिम्मा लाइदिएँ । था’चै कसैले पाएन । तर….. त्यो केटी तेरी आफ्नै बैनी हो ।”
…..

“बेलुकातिर मत्तै मन्टिन्छ अरे त्यो इरुङटारे भनाउँदो ।” भन्दै बज्यै चाँडै फर्किन् ।
उल्टीबेलातिर एउटी ‘मदर’को ज्यान खाने बगानकी महिला मजदुर लच्छिमी पनि बाजेलाई हेर्न आई । बज्यैले सिकुवामा बसाइन् ।
“एक्ली मान्छे । छोराछोरी ससानै छन् । दिनभरि काममा बेलुकीखेर घाँस काट्न नगए त्यो यौडा भ’को गाई पनि मरिहाल्छ । के गर्नु, भ्याएनभ्याई छ । अगि ब्यान पो सुने बाजे सारै छन् भनेर । कामबड अलि छिट्टै आएर यता आइहालें । अइले बाजेलाई घकस्तो छ ?” ढिलो आउनुको कारण बताउँदै अहिलेको हालत बुझन चाही उसले ।
“उस्तै छ । इरुङटारेलाई आफैं गएर बोलाइरछु । अब त आउने बेला भयो कि ?” हरेस खाएझैं गरी बोलिन् बज्यै ।
“मान्छेको सरीर पनि केई होइनरछ । हिजो बेलुकीसम्म सन्चै घाँस काट्तै गरेको मैले देखेको ।” लच्छिमी आफ्नै धुनमा बोल्न थाली- “अब त बगानमा सप्पैले गाई पाल्ने भएर घाँस पाउनै गारो भइसक्यो । छतिवन गाछीतिर चै तेत्ति मान्छे नगएर होला पाइन्छ अलेलि । हिजो बेलुकाखेर बाजेलाई तेतै घाँस काट्तै गरेको देखेर मलाई पनि आँट आयो । तर म चैं निक्कै वर थिएँ । बाजे चै गाछीकै छेउछाउ काट्तै हुनुहुन्थ्यो । लोग्नेमान्छेको जात हामी आइमेजस्ता डरछेरुवा काँ हुन्छन् र ! हेर कसरी नडराइ घाँस काटिरा’का छन् भने मनमनै मलाई त लाग्दैथियो । तर बाजेलाई देखेर अलि ढुक्क लाग्थ्यो । परै भए पनि बोल्नु पर्‍यो भनेर अलि सारै बोलाएँ ‘भारी पुग्यो बाजे ?’ भनेर । मैले सोधी सक्ता नसक्ता बाजे स्वात्तै पसिहाल्नु भो बोटमुनि । मैले बोलाएको सुन्नु भएन छ क्यार भनेर म चैं भारी बान्न थालेँ । भारी बानिसकेर एक छिनमा त हिँडी पनि हालेँ । अघि ब्यान पो काममा गइसकेर था’ पाएँ बाजे बिरामी भ’को कुरा । भूतले बोलायो कि तर्सायो भन्थे मदिसिनीहरु ।”
चड्किलो स्वरमा लच्छिमीले बोलेको बाजेले भित्रैबाट सुने । उसलाइ भित्रै बोलाएर सोधे-
“हिजो मलाई भारी पुग्यो ? भनेर सोध्ने तिमी नै हौ ?”
“हो त । किन र ?” लच्छिमीले कुरो बुझेझैं गरिन् ।

(कथाकार खपाङ्गी झापाको बुधबारे उच्चमाविका प्रअ हुनुहुन्छ)

Wednesday, May 23, 2012

filmTOON

Published in 'Saptahik'

Monday, May 21, 2012

Sunday, May 20, 2012

Friday, May 18, 2012

Bollywood Funtoon


Political Cartoon

भ्रम नपरोस म पनि मधेसी नै हो, मधेसमा जन्मे-हुर्केको! पछी मात्र चार-चौरास घुम्न थाल्या हो !